Section 25
मुनाफा रकम विभिन्न कोषहरू खडा गरी जम्मा गर्न सकिने
(१) कोषले प्रत्येक आर्थिक वर्षको अन्त्यमा बाँकी रहन आएको मुनाफा रकमबाट तोकिए बमोजिमको रकम तोकिए बमोजिम जगेडा कोष, कल्याणकारी कोष, निवृत्तभरण कोष वा त्यस्तै किसिमका अन्य कोषहरू खडा गरी जम्मा गर्ने व्यवस्था गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम खडा भएका कोषहरूमा जम्मा भएको मुनाफाको रकम खर्च गर्ने प्रक्रिया र त्यस्ता कोषहरू संचालन सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।